६ चैत्र २०८२, शुक्रबार
मुख्‍य समाचार समाचार समाज

फजूल खर्चलाई निरुत्साहित गर्न सामूहिक विवाह समारोह

५ भदौ, एजेन्सी । चीनमा फजुल खर्च निरुत्साहित गर्न सेप्टेम्बर २२ मा सामुहिक विवाह कार्यक्रम आयोजना गरिएको ‘अल चाइन विमिन फेडेरेसन’ ले जनाएको छ ।

हङकङ, मकाउ र ताइवानका कुल पाँच हजार दम्पतीले उक्त सामूहिक विवाह समारोहमा भाग लिन सक्ने जनाइएको छ । फेडेरेसनलगायत अन्य पाँच संस्थाद्वारा सार्वजनिक लाभ गतिविधिको रूपमा आयोजना गरिएको परम्परागत चिनियाँ विवाह समारोहको उद्देश्य सरल विवाहलाई बढावा दिई असाधारण विवाहको चलनलाई निरुत्साहित गर्नु हो ।

कार्यक्रम बेइजिङमा हुने तथा भिडियोमार्फत देशभरि एकैसाथ समारोह आयोजना गरिने स्रोतले जनाएको छ । सामूहिक विवाहमा भाग लिन इच्छुक जोडीले महासङ्घको आधिकारिक विच्याटमार्फत विवाह प्रमाणपत्रका साथ आवेदन दिन सक्नेछन् ।

नागरिक मामिला मन्त्रालयको तथ्याङ्क अनुसार चीनमा सन् २०२३ मा करिव ७६ लाख विवाह दर्ता भएका छन् । हाल चीनले विवाह दर्ता प्रक्रियालाई सरल बनाएको घोषणा गर्दै दम्पतीहरूले अब विवाहको लागि दर्ता गर्दा दर्ता पुस्तिका प्रस्तुत गर्न आवश्यक नपर्ने जनाएको छ ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि