६ फाल्गुन २०८२, बुधबार
अन्तर्राष्ट्रिय मुख्‍य समाचार समाचार समाज

चीनको कोइला खानीमा दुर्घटना हुदाँ सात जनाको मृत्यु

५ भदौ, चीन । चीनको दक्षिणपश्चिम सिचुआन प्रान्तस्थित कोइला खानीमा बुधबार दुर्घटना हुदाँ सात जनाको मृत्यु भएको स्थानीय आपतकालीन व्यवस्थापन अधिकारीहरूले बताएका छन् । अधिकारीहरूका अनुसार घटनामा एक जना फसेका छन् ।

सिसिटिभीका अनुसार दुर्घटना सिचुआन प्रान्तको लेसान सहरको कोइला खानीमा कामदारले भेन्टिलेसनबाट हावा पठाउन काम गरिरहेका समय बिहान १० बजे भएको थियो ।

खोज तथा उद्धार टोलीले समाचार तयार पार्दासम्म सात जनाको मृत्यु भएको पुष्टि गरेको छ भने एकजना व्यक्ति अझै बेपत्ता भएकाले खोजी र उद्धार कार्य जारी छ ।

दुर्घटनाको कारणबारे खोज तथा अनुसन्धान भइरहेको छ । थप विवरण आउन बाँकी छ ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि