२३ फाल्गुन २०८२, शनिबार
मुख्‍य समाचार राजनीति समाचार

रास्वपाको केन्द्रीय समिति बैठक बस्दै

५ भदौ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समितिको बैठक आज बस्दैछ ।

बैठकमा पार्टीले राजधानीमा गर्ने भनेको राष्ट्रिय भेला, कर्णाली विषेश अभियान, संगठन निर्माण सम्बन्धी कार्यविधीबारे छलफल हुने पार्टी सहप्रवक्ता मनिष झाले जानकारी दिए ।

त्यस्तै, बैठकमा रास्वपाले सातवटै प्रदेशको क्लोज क्याम्पको प्रतिवेदन र उपलब्धिबारे छलफल गरिने झाले जानकारी दिए ।

स्थानीय तह उपनिर्वाचन र संविधान दिवसको कार्यक्रम लगायतका विषयमा समेत बैठकमा छलफल हुने बताइएको छ ।

सहप्रवक्ता झाका अनुसार बैठकमा भ्रष्टाचार मुद्दाको हदम्याद, वर्तमान सरकारबाट भएको शिक्षामा राजनीतिकरणको निरन्तरताको प्रयास लगायतको विषयमा समेत छलफल हुने छ ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि