१२ माघ २०८२, सोमबार
अन्तर्राष्ट्रिय मुख्‍य समाचार समाचार

विश्वको सबैभन्दा वृद्ध व्यक्ति ब्रान्यासको निधन

५ भाद्र, मड्रिड । विश्वको सबैभन्दा वृद्ध व्यक्ति स्पेनकी मारिया ब्रान्यास मोरेराको मंगलबार ११७ वर्षको उमेरमा निधन भएको उनको परिवारले जनाएको छ ।

गिनिज वर्ल्ड रेकर्डले सन् २०२३ को जनवरीमा फ्रान्सेली नन लुसिल र्यान्डनको ११८ वर्षको उमेरमा निधन भएपछि ब्रान्यासलाई विश्वको सबैभन्दा वृद्ध व्यक्तिको रूपमा स्वीकार गरेको थियो ।

“मारिया ब्रान्यासले हामीलाई छोडेर जानुभयो,” उनको परिवारले सामाजिक सञ्जाल एक्समार्फत जानकारी गराएका हुन्, “हामीमा उहाँको सम्झना सधैँ रहनेछ ।”

क्याटालोनियाको उत्तरपूर्वी क्षेत्रको ओलोट सहरमा रहेको ‘सान्ता मारिया डेल तुरा नर्सिङ होम’मा विगत दुई दशकदेखि बस्दै आएकी ब्रान्यासले सोमबार एक पोस्टमा आफू कमजोर महसुस गरिरहेको बताएकी थिइन् ।

“मेरो समय आइसकेको छ । मेरा लागि कोही नरुनु, मलाई आँसु मन पर्दैन । मेरा लागि दुःख नमान्नुहोस् । म जहाँ रहे पनि खुसी रहनेछु,” उनले आफ्नो परिवारद्वारा सञ्चालित सामाजिक सञ्जाल एक्समा बताएकी थिइन् ।

अमेरिकास्थित जेरोन्टोलोजी रिसर्च ग्रुपका अनुसार ब्रान्यासको मृत्युपछि विश्वको सबैभन्दा वृद्ध जीवित व्यक्ति जापानकी टोमिको इटुका छन् । सन् १९०८ मे २३ मा जन्मिएका टोमिको हाल ११६ वर्षका छन् ।

सन् १९१८ को फ्लू, प्रथम विश्वयुद्ध, दोस्रो विश्वयुद्ध र स्पेनको गृहयुद्धबाट गुज्रिभएकी ब्रान्यासलाई सन् २०२० मा ११३औँ जन्मदिनको केही हप्तापछि कोभिड–१९ भएको थियो । तर, उनी पूर्ण रूपमा निको भएकी थिइन् । रासस/एएफपी

विश्वको सबैभन्दा वृद्ध व्यक्ति ब्रान्यासको निधन

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि