२३ फाल्गुन २०८२, शनिबार
मुख्‍य समाचार राजनीति समाचार

सत्ताको खेलमा छैनौँ, जनताको आवाज उठाउँछौँ : वर्षमान पुन

४ भदौ, तुलसीपुर । नेकपा (माओवादी केन्द्र)का उपमहासचिव वर्षमान पुनले आफ्नो पार्टी सत्ताको खेलमा नलाग्ने बताएका छन् । प्रेस सेन्टर दाङले आज घोराहीमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले पार्टीले सडक र सदनबाट जनताका आवाज उठाउने बताए ।

“हामीले सकारात्मक कोणबाट सडक र सदनमा जनताको आवाज उठाउँछौँ । सधैँ सरकारमा हुँदा जनतासँग टुटेको सम्बन्ध पुनर्स्थापित गर्न लाग्छौँ,” उपमहासचिव पुनले भने, “त्यसक्रममा आफ्ना कमजोरी जनतालाई भन्ने छौँ र सुधारको बाटोमा अघि बढ्ने छौँ ।”

यसअघि, पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारले सुशासन, समृद्धि र सामाजिक न्यायको पक्षमा काम गरेकाले त्यसबाट जनता खुसी भएको उनको दाबी छ ।

वर्तमान सरकारले संविधान संशोधनको नारा लगाएको र समानुपातिक समावेशीलाई संशोधन गर्न खोजे त्यसको जनस्तरबाटै विरोध हुने बताउँदै पुनले सकारात्मक उद्देश्यसहित संशोधन गर्ने कार्यलाई भने स्वीकार गर्न सकिने बताए । रासस

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि