२३ फाल्गुन २०८२, शनिबार
मुख्‍य समाचार राजनीति समाचार

मुकुल ढकाललाई साधारण सदस्यसमेत नरहने गरी निष्कासन गर्ने रास्वपाको तयारी

४ भदौ, काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठकबाट पूर्वमहामन्त्री डा. मुकुल ढकाललाई साधारण सदस्य समेत नरहने गरी निष्कासनको तयारी गरिएको छ ।

बुधबारदेखि पार्टी कार्यालय वनस्थलीमा सुरु हुने केन्द्रीय समिति बैठकमा ढकालको निष्काशनबारे छलफल गरेर आवश्यक निर्णय गर्न लागिएको हो ।

एक पदाधिकारीले बुधबारको बैठकबाट ढकालको विषयमा निर्णय गर्नुपर्ने अवस्था रहेको बताए ।

पार्टी हितविपरीतको गतिविधि गरेको भन्दै उनलाई महामन्त्री र प्रवक्ताको जिम्मेवारीबाट हटाइएसँगै निरन्तर सभापति रवि लामिछानेका विरुद्ध कडा अभिव्यक्ति दिँदै आएका छन् । उनीसँग पार्टीले दुई पटक स्पष्टीकरण समेत सोधिसकेको छ ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि