२३ फाल्गुन २०८२, शनिबार
मुख्‍य समाचार राजनीति समाचार

परराष्ट्रमन्त्री राणा र भारतीय प्रधानमन्त्रीबीच भेटवार्ता

३ भदौ, काठमाडौँ । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग आज साँझ शिष्टाचार भेटवार्ता गरेकी छन् ।

भेटमा नेपाल भारत सम्बन्धका विभिन्न आयामबारे छलफल भएको नेपाली कार्यवाहक राजदूत डा. सुरेन्द्र थापाले जानकारी दिए।

थापाका अनुसार प्रधानमन्त्री केपी ओलीले समकक्षी नरेन्द्र मोदीलाई नेपाल भ्रमणका लागि पठाएको निमन्त्रणा पत्र परराष्ट्रमन्त्री राणाले हस्तान्तरण गरेकी छन् ।

उनी र भारतीय विदेशमन्त्री डा. एस. जयशङ्करबीच आजै भेटवार्ता थियो । दिल्लीस्थित हैदराबाद हाउसना भएको भेटमा द्विपक्षीय हित, नेपाल भारत सम्बन्धका विविध पक्षका साथै आपसी सहयोग आदानप्रदानका विषयमा छलफल भएको छ ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि