७ माघ २०८२, बुधबार
मुख्‍य समाचार समाचार समाज

सामाजिक कार्य पढेका ११ विद्यार्थीले पारिश्रमिकसहित इन्टर्नसिप गर्न पाउने

२ भाद्र,  काठमाडौँ । त्रिभुवन विश्वविद्यालयको सामाजिक कार्य केन्द्रीय विभाग र विभिन्न गैरसरकारी संस्थाबीच पारिश्रमिकमा इन्टर्न गराउने सम्झौता भएको छ ।

नेपाल विद्यार्थी संघ (नेविसंघ) केन्द्रीय कार्यसमितिको समन्वयमा विभाग र विभिन्न ७ गैरसरकारी संस्थाहरुबीच इन्टर्न गराउने सम्झौता भएको नेविसंघका अध्यक्ष दुजाङ शेर्पाले बताए ।

उनको भनाइ अनुसार क्लाइमेट अलाइन्स अफ हिमालयन कम्युनिटिज, द स्मल वल्र्ड, मुभिङ माउन्टेन्स नेपाल, हिमालयन केयर फाउन्डेसन, हिमालयन चेन रिसोर्ट, माउन्टेन स्पिरिट फाउन्डेसन, एभरेस्ट शेर्पा फाउन्डेसनसँग विभागले ११ जना विद्यार्थीलाई पारिश्रमिकसहितको इन्टर्नप गराउने सम्झौता गरेको हो । उनीहरूले इन्टर्न गर्ने विद्यार्थीलाई न्यूनतम १५ हजार पारिश्रमिक दिने भएका छन् ।

नेविसंघको समन्वयमा यसअघि इन्जिनियरिङ तथा आरडी अध्ययन गरिरहेका विद्यार्थीलाई पनि विभिन्न कम्पनी तथा उद्योगहरूसँग पारिश्रमिक सहितको इन्टर्नसिप गराउने सम्झौता गरेको छ ।

सामाजिक कार्य, कानुन लगायतका विषय अध्ययन गरिरहेका विद्यार्थीलाई पारिश्रमिक सहितको इन्टर्नसिप गराउनका लागि विभिन्न संघसंस्था, उद्योगहरूसँग जारी रहेको नेविसंघका अध्यक्ष शेर्पाले जानकारी दिए ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि