६ चैत्र २०८२, शुक्रबार
मुख्‍य समाचार समाचार

रातो बाँदरलाई कृषि हानिकारक वन्यजन्तुमा सूचीकृत गर्ने सरकारको तयारी

२ भाद्र, काठमाडौँ । सरकारले रातो बाँदरलाई कृषि हानिकारक वन्यजन्तुमा सूचीकृत गर्ने तयारी गरेको छ ।

प्रतिनिधि सभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिमा वन्यजन्तुले पारेको मानवद्वन्द्ध र कृषिबालीमा पुगेको क्षतिको विषयमा भएको छलफलमा वनमन्त्री ऐनबहादुर शाहीले रातो बाँदरलाई कृषि हानिकारक वन्यजन्तुको रूपमा सूचीकृत गर्ने तयारी रहेको बताए ।

वन्यजन्तुले कृषिबालीमा क्षति पुर्‍याएर गाउँ नै रित्तिनै अवस्था आएपछि देशभरिका किसानहरू अहिले चिन्तित छन् ।

कृषि क्षेत्रका सरोकारवाला र स्थानीय तहहरूले वन मन्त्रालय, कृषि मन्त्रालय र कृषि समितिमा पटक(पटक ध्यानाकर्षण गराउँदै आइरहेका थिए ।

समितिमा भएको छलफलमा रातो बाँदरलाई कृषि हानिकारक वन्यजन्तुमा सूचीकृत गराउने तयारीबारे मन्त्रालयले समितिलाई ब्रिफिङ गरेको हो ।

सरकारले यस अगाडि मंसिर २०८० मा बँदेललाई पनि कृषि हानिकारक वन्यजन्तु घोषणा गरेको थियो ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि