१७ कार्तिक २०८२, सोमबार
कर्णाली प्रदेस समाचार मुख्‍य समाचार समाचार समाज

एक महिनापछि रायामा टेलिफोन सेवा सञ्चालन

२ भदौ, सिमकोट । यहाँको खार्पुनाथ गाउँपालिका–३ रायामा अवरुद्ध नेपाल टेलिकमको टेलिफोन सेवा शनिबारदेखि सञ्चालनमा आएको छ । रायाको ठानकोटस्थित टावरले काम नगरेको एक महिनाभन्दा बढी भएको थियो ।

उक्त स्थानको टावर मर्मतका लागि नेपाल टेलिकम हुम्लाले प्राविधिक उब्जन शाहीलाई शुक्रबार पठाएको थियो । प्राविधिक शाही शुक्रबार पुगेर मर्मत गरेपछि शनिबार दिउँसोदेखि सञ्चालनमा आएको टेलिकम शाखा हुम्लाका निमित्त प्रमुख रिन्जीन लामाले जानकारी दिए । मर्मतपश्चात् रायालगायत खार्पुनाथ गाउँपालिकाको चारवटा वडा र आसपासका क्षेत्रमा टेलिफोन सञ्चालन भएको निमित्त प्रमुख लामाले बताए ।

प्राविधिक शाहीका अनुसार रायाको थानकोटस्थित टावरमा विद्युत् क्षमता अपुग हुँदा सेवा अवरुद्ध भएको थियो । ‘पावर ब्याकअप’ नपुगेका कारण टेलिफोन सेवा अवरुद्ध भएको उनको भनाइ छ । धेरै वर्ष पुराना सोलार भएकाले बेलाबेलामा टेलिफोन सेवा अवरुद्ध हुँदै आएको छ । सेवा अवरुद्ध भएका चारवटा वडामा दुई हजारभन्दा बढी सेवाग्राही छन् ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि