६ फाल्गुन २०८२, बुधबार
अन्तर्राष्ट्रिय मुख्‍य समाचार समाचार

गाजामा एकै परिवारका १५ सदस्यको इजरायली हमलामा मृत्यु

१ भाद्र,  काठमाडौँ । गाजाको नागरिक सुरक्षा विभागले शनिबार बिहान इजरायली हवाई आक्रमणमा नौ बालबालिका र तीन महिलासहित एकै परिवारका १५ प्यालेस्टिनीको मृत्यु भएको बताएको छ।

मध्य गाजाको अल–जावैदामा रहेको अज्लाह परिवारको घरमा आक्रमण भएको नागरिक सुरक्षा प्रवक्ता महमुद बस्सलले बताए। इजरायली सेनाले यस घटनाबारे कुनै टिप्पणी गरेको छैन।

‘अल–जावैदाको अज्लाह परिवारको घर र गोदाममा भएको इजरायली आक्रमणबाट १५ जनाको मृत्यु भएको छ,’ बस्सलले भने।

उद्धारकर्ताहरूले आक्रमणबाट क्षतिग्रस्त घरको भग्नावशेषबाट शव निकाल्दा अहमद अबु अल–घौलले भने,‘तीनवटा रकेट सीधै घरमा खसेको थियो। भित्र बालबालिका र महिलाहरू थिए। उनीहरूको के दोष थियो?”

इजरायल र हमासबिच १० महिनाभन्दा बढी समयदेखि चलिरहेको युद्धले गाजाको विशाल भूभागलाई भग्नावशेषमा परिणत गरिसकेको छ। (रासस / एएफपी)

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि