७ माघ २०८२, बुधबार
मुख्‍य समाचार समाचार समाज

श्रीमतीको हत्या गरी श्रीमान फरार

१ भाद्र,  काठमाडौँ । महोत्तरी गाउँपालिका १ सोनुषडा निवासी एक पुरुषले श्रीमतीको हत्या गरेका छन्। अन्दाजी ४५ वर्षीय हबिब नदाफले श्रीमती ३६ वर्षीया रोशना खातुनको हत्या गरेका हुन् । श्रीमतीको हत्यापछि अहिले उनी फरार छन्।

शुक्रबार राती ६ वर्षीया छोरी सानिमासँग कोठामा सुत्न गएको अवस्थामा श्रीमतीलाई कुटपिट गरि हत्या गरेको र मृत श्रीमती छोडेर फरार उनी भएका छन् । बिहान छोरीले रोइकराइ गरेपछि घटना बाहिर आएको थियो ।

स्थानीयले थाहा पाउने बित्तिकै प्रहरीलाई खवर गरेको र खवर प्राप्त हुनासाथ एसपी नकुल पोखरेलको कमाण्डमा टोली पुगेर घटनास्थल सुरक्षित राखी अनुसन्धान सुरु गरेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता प्रहरी निरिक्षक धर्मराज मुड्भरीले उल्लेख गरे ।

 

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि