२३ फाल्गुन २०८२, शनिबार
मुख्‍य समाचार राजनीति समाचार

जसपा नेपालले सार्वजनिक गर्यो ६७ बुँदे निर्णय

जसपा नेपालले सार्वजनिक गर्यो ६७ बुँदे निर्णय

काठमाडौं । जनता समाजवादी पार्टी जसपा नेपालले हालै सम्पन्न केन्द्रीय समितिको बैठकले गरेका ६७ बुँदे समसामयिक राजनीतिक निर्णयहरु सार्वजनिक गरेको छ ।

शनिबार पार्टीका अध्यक्ष उपेन्द्र यादवले राजबन्दी रिहाई र मुद्दा खारेजी, संघीयता कार्यान्वयन, संविधान संशोधनलगायतका विषयमा भएका निर्णयलाई पार्टीका तल्लो तहमा सर्कुलर समेत गरेका छन् ।

जसपा नेपालले भदौ ९ गते काठमाडौंस्थित काठमाडौं ब्याङ्क्वेटबाट चार महिने आधारभूत संगठन निर्माण अभियान घोषणा गर्दैछ । पार्टीका अध्यक्ष यादवले एक कार्यक्रमकाबीच अभियानको उद्घाटन गर्ने तयारी छ ।

जसपाले आफ्ना चारसय पन्ध्र जना केन्द्रीय सदस्यलाई अभियन्ताको रुपमा पालिकामा संगठन निर्माणको लागि खटाएको छ भने केन्द्रीय कार्यकारिणी समिति सदस्यलाई अभियानको अनुगमनकर्ता बनाउने भएको छ ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि