७ माघ २०८२, बुधबार
मुख्‍य समाचार समाचार समाज

दलित अभियन्ताले सडकमै सुतेर गरे प्रदर्शन

काठमाडौं । दलितका लागि दलित अभियानले काठमाडौंको माइतीघर मण्डलामा गरिरहेको प्रदर्शन शनिबार पनि जारी छ । सरकार गठन र राजनीतिक नियुक्तिमा दलितलाई घृणा गरेको भन्दै प्रदर्शनकारीले सडकमा सुतेर प्रदर्शन गरेका छन् । भइरहेको प्रदर्शन

दलितका लागि दलित अभियान नेपालको समन्वयमा अभियानका संयोजक खगेन्द्र सुनार सहितका युवाहरुले विगत दुई हप्तादेखि माइतीघरमा विरोध प्रर्दशन गरिरहेका छन् ।

अभियानका संयोजक सुनारले भने, ‘संविधनलाई संशोधन गर्ने कुरा राम्रो हो । तर जनताको अधिकार कटौती गरेर संशोधन गर्ने कुरा सह्य हुँदैन् । दलितहरुका अधिकार कटौती गर्ने कांग्रेस र एमालेसँग दम छ ?

उनले दलितहरुको अधिकार एमाले र कांग्रेसले काटेको आरोप लगाए । उनले नयाँ आएका दलहरुले पनि दलितको लागि कुनै गतिलो मुद्दा नउठाएको बताए ।

संविधानको व्यवस्था र सामाजिक न्यायको सिद्धान्तबमोजिम दलितको राजनीतिक प्रतिनिधित्व सुनिश्चित गर्नुपर्ने उनीहरुको माग रहेको छ । अभियानका संयोजक सुनारले एमाले र कांग्रेसले दलितहरुलाई जातिय विभेद गरेको आरोप समेत लगाएका छन् ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि