७ माघ २०८२, बुधबार
मुख्‍य समाचार समाचार समाज

वैदेशिक रोजगारीको खोजीमा तीन वर्षमा बिदेसिए २ लाख महिला

१भाद्र, काठमाडौँ । पछिल्लो तीन वर्षमा २ लाख नेपाली महिलाहरू रोजगारीको खोजीमा बिदेसिएका छन् । वैदेशिक रोजगार विभागको तथ्यांकअनुसार बर्सेनि करिब ६० हजार जना महिला वैदेशिक रोजगारीमा जाने गरेका छन् ।

विभागका अनुसार बितेको ३ वर्षमा २१ लाख ४२ हजार वैदेशिक रोजगारीमा जाँदा २ लाख महिलाहरू विदेशिएका छन् । यो सोही अवधिमा वैदेशिक रोजगारीमा जानेको कुल सङ्ख्याको ९.३३ प्रतिशत हो । विभागले उपलब्ध गराएको यो तथ्यांक श्रम स्वीकृति लिएर जानेहरूको मात्रै हो ।

वैदेशिक रोजगार विभागका अनुसार आर्थिक वर्ष ०७८/०७९ मा ४९ हजार महिलाहरू वैदेशिक रोजगारीमा गएका थिए । आर्थिक वर्ष ०७९/०८० मा ७२ हजार जना महिलाहरू हजार विदेश गए । आर्थिक वर्ष ०८०/०८१ मा भने वैदेशिक रोजगारीमा जाने महिलाको संख्या बढेर ८० हजार पुगेको छ ।

तथ्यांकअनुसार हरेक वर्ष वैदेशिक रोजगारीमा जाने महिलाहरूको संख्या १० हजारले उकालो लागिरहेको छ । विभागका अनुसार सबैभन्दा धेरै युएई, कुवेत, कतार, साउदी र मलेसिया जाने महिलाको संख्या धेरै छ ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि