६ चैत्र २०८२, शुक्रबार
मुख्‍य समाचार समाचार

प्रशासकीय अधिकृतको सरुवा रोक्न मेयर र उपमेयर एक महिनादेखि काठमाडौँमा रहेको खुलासा

३२ साउन, काठमाडौँ । अछामको पञ्चदेवल विनायक नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतको सरुवा रोक्न मेयर र उपमेयर १ महिनादेखि काठमाडौँमै रहेको पाइएको छ ।

नगरपालिकाका मेयर अम्बिका चलाउने, उपमेयर हर्कबहादुर रावल र केही कार्यपालिका सदस्य एक महिनाभन्दा बढी समयदेखि काठमाडौँमा रहेको भन्दै नेकपा एमालेसहित स्थानीय प्रमुख ६ दलले आपत्ति जनाएका छन् ।

मनसुन सक्रिय भएर बाढी पहिरोको जोखिम बढिरहेको बेला नगरपालिकाको नेतृत्व गैर जिम्मेवार बनेर काठमाडौंमा रहनु लज्जाको विषय भएको एमालेसहित नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेकपा एकीकृत समाजवादी, राष्ट्रिय प्रजातन्त्र पार्टी र नेत्रविक्रम चन्द्र ‘विप्लव’ नेतृत्वको नेकपाले संयुक्त रूपमा प्रेस विज्ञप्ति जारी गर्दै विरोध जनाएका छन् ।

स्थानीय ६ वटै राजनीतिक दलले विज्ञप्तिमार्फत नै मेयर, उपमेयर, कार्यपालिका सदस्य तथा संघीय सरकारलाई १० बुँदे ध्यानाकर्षणसमेत गराएका छन् ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि