६ चैत्र २०८२, शुक्रबार
मुख्‍य समाचार समाचार

३७ वर्षीय सिनावत्रा थाइल्यान्डको प्रधानमन्त्रीमा नियुक्त

३२ साउन,  एजेन्सी । थाइल्यान्डको संसद्ले पाएतोङ्गटार्न शिनावात्रालाई प्रधानमन्त्री पदका लागि चयन गरेको छ । उनी पूर्व थाई प्रधानमन्त्री र अरबपति थाक्शिन शिनावात्राकी छोरी हुन् ।

३७ वर्षीया पाएतोङ्गटार्न थाइल्यान्डको इतिहासमा सबैभन्दा कान्छी प्रधानमन्त्री बनेकी छिन् र यो पद सम्हाल्ने उनी देशकै दोस्रो महिला पनि हुन् । पाएतोङ्गटार्नकी फुपु यिङ्गलुक शिनावात्रा थाइल्यान्डको पहिलो महिला प्रधानमन्त्री बनेकी थिइन् ।

संवैधानिक अदालतले पूर्व प्रधानमन्त्री श्रीता थाविसिनलाई बर्खास्त गरेको दुई दिनपछि चिनावट प्रधानमन्त्रीमा निर्वाचित भएका हुन् । पाएटोङ्गटार्न शिनावात्रा र पूर्व प्रधानमन्त्री श्रीथा टाविसिन दुवै फउ थाई पार्टीका हुन् ।

शिनावात्रा सन् २०२३ को चुनावमा दोस्रो स्थानमा रहेकी थिइन् । पाएतोङ्गटार्नको परिवारका चार सदस्य यसअघि नै थाइल्यान्डको प्रधानमन्त्री भइसकेका छन् । उनका बुबा थाक्सिन र फुपु यिङलकसहित अन्य तीन प्रधानमन्त्रीले कु वा संवैधानिक निर्णयका कारण राजीनामा दिनुपरेको थियो ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि