७ माघ २०८२, बुधबार
मुख्‍य समाचार राजनीति समाचार समाज

ठिक ढंगले काम गर्न नसक्दा भ्रष्टाचार बढिरहेको छ : मन्त्री गुरुङ

३२ साउन, काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले नेपालमा सुशासनको अभाव र ठिक ढंगले काम नसक्दा भ्रष्टाचार बढिरहेको बताएका छन् ।
शुक्रबारकाठमाडौंमा राष्ट्रिय समाचार समितिको‘रासस मिडिया संग्रहालय’ शुभारम्भ गर्दै उनले भ्रष्टाचारहरु भइरहने, बिचौलियाको प्रभाव बढिरहने र जनताको आशा र

अपेक्षा प्रतिउत्तरदायी हुन नसक्ने खालको परिस्थिति रहेको भन्दै त्यसलाई अन्त्य गर्न मिडियाको ठूलो भूमिका रहने बताए । उनले भने,‘सुशासनको अभावका कारणले भनौं अर्थात ठिक ढंगले काम नसक्दा भ्रष्टाचार बढिरहेको छ । भ्रष्टाचार नियन्त्रण गर्नेसरकारकोदायित्व हो । भ्रष्टाचारहरु भइरहने, बिचौलियाको बिगबिगी भइराख्ने जनताको चाँही आशा र अपेक्षाप्रतिउत्तरदायी हुन नसक्ने खालको परिस्थिति छ । यस्तो परिस्थितिबाट मुक्त हुनको लागि मिडियाको ठूलो भूमिका छ ।’

उनले बजेटको ३० प्रतिशत विकास बजेट छुट्याए पनि १५ प्रतिशत मात्रै खर्च भएको भन्दै त्यसले देश बन्न नसक्ने बताए । उनले पत्रकारको काम सरकारको आचोचना मात्र गर्ने नभएर आलोचनासँगै सत्य तथ्यमा आधारित रहेर मात्र सूचना सम्प्रेषण गर्न सुझाव दिए ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि