७ माघ २०८२, बुधबार
मुख्‍य समाचार समाचार समाज

कञ्चनपुरमा बाघ, चितुवाको त्रासबीच बाँदर आतङ्क, किसान चिन्तित

३२ साउन,  बेलौरी । कञ्चनपुरको बेलौरीमा बाघ, चितुवा त्रासका बिच जङ्गली  बाँदरहरूले पनि आतकं मच्चाउन थालेपछि किसान चिन्तित बनेका छन् ।
बेलौरी नगरपालिका – १० भुडाम किसानले लगाएको धान र उखु खेतीमा बाँदरहरूले नोक्सानी गर्न थालेपछि स्थानीय किसान चिन्तित बनेका हुन ।
बाँदरले करिब ४ बिगाहा बढी उखु खेती र धान खेतीमा क्षति गरेको स्थानीय सुरेश पन्तले बताए ।  ‘पछिल्लो समय गाउँमा बाँदरहरूले किसानले लगाएको खेतिबालिमा क्षति गरिरहेको छ , जङ्गली बाँदरले धान र उखु खेतीमा नोक्सानी गर्दै छ’ पन्तले भने ‘किसानलाई जहिले चिन्ता जहिले दुःख ।’
जङ्गली बाँदर सङ्गै निल गाइले समेत खेती नोक्सानी गरिरहेको उनले बताए । पन्तका अनुसार ठाउँ ठाउँमा थोरै थोरै गरी जङ्गली जनावरले करिब २० किसानले लगाएको ४ बिगाहा बालीमा जङ्गली जनावरले क्षति गरेको छ ।
बेलौरी नगरपालिका –१० भुडाका अर्का किसान जित बहादुर चौधरीले लगाएको २ कट्ठा जति उखु १ कट्ठा धान बाँदर र निल गाइले नोक्सानी गरेको बताए । त्यस्तै भुडाकै अर्का किसान मान बहादुर चौधरीले लगाएको ठाउँ ठाउँमा ३ कट्ठा जति उखु खेती बाँदरले नोक्सानी गरेको छ ।
१ हप्ता अघि मात्रै नजिकैको भारतीय जङ्गलबाट आएका बाँदर र निल गाइले किसानले लगाएको उखुको टुप्पो खाने, ढाल्ने र धान खेती खाने गरेका छन् । बाक्लो उखुमा चितुवा र बाघको त्रासमा रहेका स्थानीय खेतमा जान समेत त्रसित छन् । जङ्गली जनावरले बारम्बार दुःख दिन थालेपछि नियन्त्रणको लागी सरोकारवाला निकाय सँग स्थानीय किसानले माग गरेका छन् ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि