७ माघ २०८२, बुधबार
समाचार समाज

घट्यो पेट्रोल र डिजेलको मूल्य

३१ साउन, काठमाडौं । नेपाल आयल निगमले पेट्रोल र डिजेल/मट्टितेलकाे मूल्य घटाएको छ । इण्डियन आयल कर्पोरेशनबाट बिहीबार मूल्य घटेर आएपछि नेपालमा पनि भाउ घटाइएको निगमले जनाएको छ ।

भारतबाट पेट्रोलमा प्रतिलिटर ५ रुपैयाँ र डिजेलमा २.९६ रुपैयाँ घटेर आएपछि नेपालमा प्रेटोलमा प्रतिलिटर ५ र डिजेल तथा मट्टितेलमा प्रतिलिटर ३ रुपैयाँले मूल्य घटाइएको निगमका प्रवक्ताद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

यससँगै अब पेट्रोल प्रतिलिटर पहिलो वर्गमा १६२.५०, दोस्रोमा १६४ र तेस्रोमा १६५ पर्नेछ । त्यस्तै, डिजेल र मट्टितेल प्रतिलिटर पहिलो वर्गमा १५२.५०, दोस्रोमा १५४ र तेस्रोमा १५५ रुपैयाँ पर्नेछ ।

घटेको मूल्य बिहीबार राति १२ बजेदेखि लागू हुने निगमले जनाएको छ ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि