१८ कार्तिक २०८२, मंगलवार
मुख्‍य समाचार राजनीति समाचार

माओवादीमा शृङ्खलावद्ध बैठक, उपमहासचिवसम्मका पदाधिकारी प्रदेशमा जाने

३१ साउन, काठमाडौं । माओवादी केन्द्रले केन्द्रीय समिति बैठकअघि शृङ्खलावद्ध बैठक गर्ने भएको छ ।

स्थायी समितिको बिहीबार सकिएको बैठकले असोज पहिलो साता केन्द्रीय समिति बोलाउने निर्णय गरेको हो । त्यसअघि सातै प्रदेशमा बैठक हुनेछ, जसमा अध्यक्षदेखि उपमहासचिवसम्मका सबै पदाधिकारी जानेछन् ।

प्रवक्ता अग्नि सापकोटाका अनुसार बागमतीमा भदौको ५–६, उपत्यका विशेष प्रदेशमा ७–८ गण्डकीमा ९–१०, सुदूरपश्चिममा १२–१३, कर्णालीमा १४–१५ गते बैठक बस्नेछ ।

लुम्बिनी प्रदेशमा भदौको १६–१७, केन्द्रीय आयोगहरुको १८ गते, मधेशमा २२–२३, कोशीमा २४–२५, जबज मोर्चाको २७–२८ र सल्लाहकार, कम्युनिष्ट मञ्च लगायतको २९–३० गते बैठक हुनेछ ।त्यहाँ उपमहासचिवसम्मका पदाधिकारीहरु जानुहुन्छ, केन्द्रको निर्णय पनि सम्प्रेषण गर्छौं, उहाँहरुलाई पनि सुन्छौं’ सापकोटाले भने ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि