७ माघ २०८२, बुधबार
मुख्‍य समाचार समाचार समाज

आठ हजार मिटरमाथिका १६ हिमाल चढ्ने शेर्पा नेपाल फर्किए

३१ साउन, काठमाडौं । पासाङ् नाम्गेल शेर्पाले आठ हजार मिटरभन्दा अग्ला १४ वटा चुचुरा र थप दुईवटा हिमालको सफल आरोहण गरेर नेपाल फर्किएका छन् ।

विहीबार नेपाल पर्वतारोहण संघले उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा  स्वागत गरेका हुन् । उनी आठ हजार मिटरभन्दा अग्ला १४ वटा र थप दुई वटा चुचुराको सफल आरोहण गर्ने नेपालका एक मात्र आरोही हुन् ।

सोही क्रममा उनले यो १६ वटा चुचुराहरुको आरोहण गर्न २२ वर्ष लागेको भन्दै कठिन र लामो यात्रा तय गरेको बताए ।

उनले भने, ‘मलाई सबै १६ वटा चुचुराहरुको आरोहण गर्नका लागि २२ वर्ष लाग्यो । यात्रा कठिन नै थियो तर नेपाललाई यसरी चिनाउन पाउदा खुशी लागेको छ ।’

यसको साथै, उनले आगामी दिनमा पनि फेरि यस्तै हिमालहरु चढ्ने सोचमा रहेको बताए ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि