२ फाल्गुन २०८२, शनिबार
मुख्‍य समाचार समाचार समाज

श्रीमतीको हत्या गरी ११ टुक्रा पारेर गाड्ने श्रीमान पक्राउ

३० साउन, हेटौंडा । आफ्नी श्रीमतीको निर्मम ढंगबाट हत्या गरि ११ टुक्रा पारेर गाड्ने श्रीमानलाई मकवानपुर प्रहरीले पक्राउ गरेको छ । उत्तरी मकवानपुरको कैलाश गाउँपालिका वडा नम्बर ५ का २६ वर्षीय मंगलबहादुर पाख्रीनले आफ्नी २० वर्षीय श्रीमती लक्ष्मी पाख्रीनको बन्चरो प्रहार गरि हत्या गरेर शवलाई ११ टुक्रा बनाएर नजिकैको सामुदायिक वनमा लागि गाढेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

घटनापछि उनले श्रीमतीको कपडा समेत सोही स्थान नजिकै गाडेको प्रहरीको भनाइ छ । गाउँमा एक्कासि महिला हराएपछी प्रहरीले मंगलबहादुरलाई पक्राउ गरि सोधपुछ गर्दा उनले श्रीमती मारेर गाडेको स्थान देखाएको प्रहरीको भनाई छ । प्रहरीने पाख्रीनलाई १० दिन म्याद थप गरि अनुसन्धान अघि बढाएको जनाएको छ ।
पाख्रीनले गत २७ गते श्रीमतीको हत्या गरि सोही दिन बन्चरोले शवलाई टुक्रा बनाएर नजिकैको सामुदायिक वनमा गाढेका थिए ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि