७ माघ २०८२, बुधबार
मुख्‍य समाचार समाचार समाज

दलितलाई घृणा गरेको भन्दै हातखुट्टामा नेल लगाएर प्रर्दशन

३० साउन,  काठमाडौं । दलितका लागि दलित अभियान, नेपाल सरकार गठन र राजनीतिक नियुक्तिमा दलितलाई घृणा गरेको भन्दै हातखुट्टामा नेल लगाएर प्रर्दशनमा रहेका छन् ।

दलितका लागि दलित अभियान नेपालको समन्वयमा अभियानका संयोजक खगेन्द्र सुनार सहितका युवाहरुले विगत सात दिनदेखि माइतीघरमा विरोध प्रर्दशन गरिरहेका छन् ।

संविधानको व्यवस्था र सामाजिक न्यायको सिद्धान्तबमोजिम दलितको राजनीतिक प्रतिनिधित्व सुनिश्चित गर्नुपर्ने उनीहरुको माग रहेको छ ।

अभियानका संयोजक सुनारले प्रधानमन्त्री ओलीले दलितहरुलाई जातिय विभेद गरेको आरोप लगाएका छन् ।

उनले भने, ‘आजको दिनमा पनि जुन तरिकाले दलितहरुमाथि सरकार निर्मम भयो, केपी ओलीले जातिय घृणा र अपमान फैलाइ रहेका छन् । केपी ओलीलले दलितहरुलाई जातिय विभेद गरेका छन् । दलितलाई जे गरेपनि हुन्छ भन्ने मान्यता राखेको थियो, तर त्यस्तो होईन् ।’

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि