३० साउन, काठमाडौं । लामो नङ राख्नु कसै कसैका लागि शोखको विषय हुन सक्छ । तर, लामो नङले धेरै काम गर्न भने बाधा पुर्याइरहेको हुन्छ । उदाहरणका लागि, टाइपिङ ।
लामो नङ भएका व्यक्तिले तुलनात्मक रूपमा ढिलो टाइप गर्छन् । अनि, उनीहरूले धेरै समयसम्म टाइप गरी रहन सक्दैनन् । चाहे स्मार्टफोनमा होस् अथवा भौतिक किबोर्डमा नै किन नहोस्, लामो नङ हुँदा टाइप गर्न असाध्यै गाह्रो हुने गर्छ । किनकि, टाइपिङ नङले गरिँदैन । औंलाको टुप्पो तिरको भागले गर्ने गरिन्छ ।
तर, लामो नङ हुँदा ‘कि’मा औँलाको भागले राम्रोसँग सम्पर्क बनाउन सक्दैन । अनि ‘कि’मा नङले थिच्दा नङ पनि त दुख्छ ।







