७ चैत्र २०८२, शनिबार
मुख्‍य समाचार समाचार

पहिरोमा परी ज्यान गुमाएकाका ११ परिवारलाई राहत

२९ साउन, ढोरपाटन । गत साता बागलुङको बडिगाड गाउँपालिका–९ र १० मा पहिरोमा परी ज्यान गुमाएका परिवारलाई जिल्ला प्रशासन कार्यालयले राहत उपलब्ध गराएको छ ।

प्रदेश र सङ्घीय सरकारले बनाएको कार्यविधिअनुसार ज्यान गुमाएका परिवारलाई रु दुई लाख उपलब्ध गराएको सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले जानकारी दिए। ज्यान गुमाएका ११ जनाको परिवारलाई प्रशासनले घटनास्थलमा नै पुगेर उपलब्ध गराएको उनको भनाइ छ । बरालले सरकारले प्राकृतिक विपद्मा परी ज्यान गुमाएका परिवारलाई राहत रकम उपलब्ध गराउने नीति बनाएको र सोही प्रदान गरेको बताए ।

बडिगाड–१० आरुपाटाका जोगबहादुर बुढाको घरमाथिबाट खसेको पहिरोले नौजनाको ज्यान लिएको थियो । एक बालक अझै बेपत्ता छन् । पहिरोमा पुरिएर १० जना घाइते भएका थिए । गम्भीर घाइते १९ वर्षीया रीमा पुन, ३१ वर्षीया सीता थापा र ४६ वर्षीया सङ्गीता बुढाको काठमाडौँस्थित ट्रमा सेन्टरमा उपचार भइरहेको छ । सोही दिन वडा नं ९ नयाँबस्तीमा पहिरोमा दुईजनाको ज्यान गएको थियो ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि