६ फाल्गुन २०८२, बुधबार
अन्तर्राष्ट्रिय मुख्‍य समाचार समाचार

बङ्गलादेशमा तेह्र वर्षयताकै उच्च मुल्यवृद्धि

२९ साउन, बङ्गलादेश । बङ्गलादेशको मुद्रास्फीति दर जुलाईमा ११.६६ प्रतिशत पुगेको छ । यो बङ्गलादेशमा १३ वर्ष यताकै सबैभन्दा बढी बृद्धि दर रहेको बङ्लादेशको तथ्याङ्क विभाग (बीबीएस) ले सोमबार जनाएको छ।

मुख्यतया खाद्यान्नको मूल्य बृद्धिका कारण मुल्यवृद्धिदर अस्वभाविक रुपमा बढेको विभागको तथ्याङ्कले जनाएको छ ।

गत जुन महिनामा मुल्यवृद्धि दर ९.७२ प्रतिशत रहेको बीबीएसको तथ्याङ्कले देखाएको छ ।

बीबीएसका अनुसार खाद्य मुल्यवृद्धि जुलाईमा १४.१० प्रतिशतले बढेको छ, जुन एक दशकको अवधिमा सबैभन्दा बढी हो ।

यसै गरी जुन महिनामा पनि खाद्य मुल्यवृद्धि दर १०.४२ प्रतिशत थियो ।

गैर–खाद्य पदार्थको मुल्यवृद्धिदर पनि जुनमा ९.१५ प्रतिशतबाट बढेर जुलाईमा ९.६८ प्रतिशत पुगेको तथ्याङ्कले देखाएको छ ।

आर्थिक वर्ष २०२३–२४ मा देशको औसत मुल्यवृद्धिदर बढेर ९.७३ प्रतिशत पुगेको छ जुन आर्थिक वर्षका लागि तय भएको बजेटको लक्ष्य भन्दा धेरै हो ।

तथ्याङ्क अनुसार अघिल्लो आर्थिक वर्ष २०२२–२३ मा बङ्गलादेशको मुल्यवृद्धिदर ९.०२ प्रतिशत रहेको थियो ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि