१६ मंसिर २०८२, मंगलवार
प्रदेस समाचार मुख्‍य समाचार लुम्बिनी समाचार समाज

बुटवलमा उजिरसिंह फल्चा निर्माण

२९ साउन, लुम्बिनी । बुटवल उपमहानगरपालिकाले सम्पदा संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यले फल्चा निर्माण गरेको छ । बुटवल वडा नं ५ मा निर्माण भएको सो फल्चाको सोमबार बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले नेवारी परम्पराअनुसार शुभारम्भ गर्नुहुँदै बुटवलको पुरानो पहिचान र स्थानीय संस्कृतिको संरक्षण गर्ने उद्देश्यले फल्चा निर्माण गरिएको बताए । उनले अन्य जातजाति र संस्कृतिको संरक्षणका लागि चालु आर्थिक वर्षमा अन्य स्थानमा यस्तै फल्चा, चौतारी, विश्रामस्थल निर्माण गरिने जानकारी दिए ।

सो अवसरमा उपप्रमुख सावित्रादेवी अर्यालले बुटवललाई बस्नयोग्य सहरका रूपमा स्थापित गर्ने उद्देश्यका साथ सार्वजनिकस्थलको संरक्षण र प्रवर्द्धन गर्ने बताए । उनले बुटवललाई सबै जातजातिको अपनत्व हुनेगरी संरचना निर्माण भएको छ भने । वडा नं ५ का अध्यक्ष हरिप्रसाद श्रेष्ठले बुटवलले कला, संस्कृतिका क्षेत्रमा सबैलाई समेटेर लैजानका लागि यस्ता संरचना निर्माण गरेको बताए।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि