२३ फाल्गुन २०८२, शनिबार
राजनीति समाचार

जुवाखालमा पक्राउ परेका सांसद र कलाकार दोस्रो दिनमै छुटे

२९ साउन, काठमाडौँ । जुवा खेलिरहेको अवस्थामा पक्राउ परेका कोशी प्रदेशका सांसद बुद्धिकुमार राजभण्डारी तथा कलाकार पुरुषोत्तम आचार्यसहित ११ जना भोलिपल्टै छुटेका छन्।

शनिबार काठमाडौंको गौरीघाटबाट पक्राउ परेका उनीहरूलाई प्रहरीले एकैदिनमा अनुसन्धान गरी आइतबार मुद्दा दायर गरी छाडेको हो।आइतबार नै सरकारी वकिल कार्यालयले जिल्ला प्रशासन कार्यालयमा मुद्दा दायर गरेकोमा सबै जना १०–१० हजार धरौटीमा छुटेका छन्। उच्च तहको दबाबका आधारमा यसरी एकैदिन छाड्नुपरेको काठमाडौं परिसरका एक प्रहरी अधिकारी बताउँछन्।
जुवाखालमा सोलुखुम्बुको सोताङ गाउँपालिकाका पूर्वअध्यक्ष वीरबहादुर राई, उत्तमकुमार राई, अनिश तामाङ, दीपक खड्का, रवि श्रेष्ठ, राजु महत र माधव थापालगायत पक्राउ परेका थिए। उनीहरू सबै आइतबार नै छुटेका छन्। स्रोतका अनुसार उनीहरुलाई छुटाउन प्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालयबाटै दबाब परेको थियो । सांसद राजभण्डारी एमालेका नेता हुन् ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि