११ पुष २०८२, शुक्रबार
मुख्‍य समाचार समाचार

मन्दिर जाँदै गर्दा स्कुटर दुर्घटना : छोराको मृत्यु, आमा गम्भीर घाइते

२८ साउन,  काठमाडौँ । रूपन्देहीको बुटवल उपमहानगरपालिका–१३ बेलबासमा मोटरसाइकल र स्कुटर दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । अर्का एक जना गम्भीर घाइते भएका छन । मृत्यु हुनेमा बुटवल उपमहानगरपालिका १३ का २३ वर्षीया अंकृत पाठक रहेको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख (डीएसपी) विजयराज पण्डितले जानकारी दिए ।

लु १९ प ८८७५ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आइरहेको लु ८५ प ३१३३ नम्बरको स्कुटर बेलबास चोकमा आपसमा ठोक्किएका थिए । दुर्घटनामा गम्भीर घाइते भएका स्कुटर चालक पाठकको उपचारको क्रममा लुम्बिनी प्रादेशिक अस्पताल, बुटवलमा निधन भएको पण्डितले बताए । यस्तै दुर्घटनामा परी अंकृत पाठककी ४३ वर्षीया आमा गौमुखी गम्भीर घाइते भएकी छन् । उनको उपचार भइरहेको छ । उनको अवस्था गम्भीर छ ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि