१८ कार्तिक २०८२, मंगलवार
मुख्‍य समाचार समाचार समाज

जङ्गलमा गाडिएको अवस्थामा मानव कङ्काल भेटियो

२८ साउन, काठमाडौं । जङ्गलमा गाडिएको अवस्थामा मानव कङ्काल भेटिएको छ । प्रहरीका अनुसार बेनी नगरपालिका-९ आङ्खखेत कालीमुलको जङ्गलमा गाडिएको अवस्थामा मानव कङ्काल र शव गाडिएको ठाउँ नजिकै एक तोलाको सुनको सिक्री, कपडा र चप्पलसमेत भेटिएको हो ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक भरत श्रेष्ठले कङ्काल, गहना र कपडा परीक्षणका लागि विधि विज्ञान प्रयोगशालामा पठाउन लागिएको बताए ।

२०८० पुस १६ गते राति घरबाट बेपत्ता भएकी बेनी–९ घतानकी १९ वर्षीय मीना परियार भेटिएकी छैनन् । मीनाका आफन्तले गहना र कपडा मीनाकै भएको दाबी गरेका छन् । यस विषयमा प्रयोगशालाको प्रतिवेदनपछि मात्र पुष्टि गर्न सकिने प्रहरीले बताएको छ ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि