२९ माघ २०८२, बिहीबार
मुख्‍य समाचार समाचार

खोलामा डुबेर बालकको मृत्यु

२८ साउन, काठमाडौं । झापामा खोलामा डुबेर एक बालकको ज्यान गएको छ । भद्रपुर नगरपालिका–१ स्थितमा रहेको देवी खोलामा खेल्ने क्रममा डुबेर बालकको ज्यान गएको प्रहरीले जनाएको छ ।

आइतबार साँझ स्थानीय महेश रसाइलीको ९ वर्षीय छोरा सौरभ खोलामा खेल्ने क्रममा पानीमा डुबेका थिए । स्थानीयले खोलाबाट निकालेर उपचारका लागि प्रादेशिक अस्पताल भद्रपुर लगेका थिए । अस्पताल पुर्‍याउनासाथ उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि