२३ फाल्गुन २०८२, शनिबार
मुख्‍य समाचार राजनीति समाचार

श्रम आप्रवासन सम्बन्धी नीतिको मस्यौदा हस्तान्तरण

२७ साउन, काठमाडौं ।श्रम आप्रवासन नीतिको मस्यौदा बनाउन गठित कार्यदलले तयार गरेको नीतिको मस्यौदा श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरत सिंह भण्डारीलाई हस्तान्तरण गरिएको छ ।

आइतबार मन्त्रालयमा आयोजित एक कार्यक्रमकाबीच श्रम आप्रवासन नीतिको मस्यौदा तयार गर्नको लागि डा.गणेश गुरुङको संयोजकत्वमा गठित विज्ञ टोलीले तयार गरेको नीतिको मस्यौदा हस्तान्तरण गरेको हो ।

कार्यक्रममा श्रममन्त्री भण्डारीले नेपालमा राष्ट्रिय आप्रवासन नीति बन्न जरुरी छ भन्ने लागेर आफू पहिले मन्त्री हुँदा नै पहल गरेको बताए । वर्तमान अवस्थामा नेपालको निम्ति कस्तो आप्रवासन नीति ठिक हुन्छ भनेर धेरै मेहेनतकासाथ नीतिको मस्यौदा भएको उनले बताए ।

उनले भने,‘यो क्षेत्रमा धेरै महत्वपूर्ण योगदान दिने सल्लाह गर्यौं । त्यही आधारमा विज्ञहरुसँग पनि सल्लाह गर्यौं । र राष्ट्रिय आप्रवासन नीति नेपालको बन्नुपर्छ भनेर म मन्त्री हुँदा नै डा.गणेश गुरुङलाई आग्रह गरेको थिए र उहाँहरुको टोलीले काम सुरु गर्नुभएको थियो । अहिले नेपालको निम्ति कस्तो आप्रवासन नीति ठिक हुन्छ भनेर धेरै मेहेनतकासाथ नीतिको मस्यौदा बनाउनुभयो ।’

उनले वैदेशिक रोजगारीमा देखिएका समस्यालाई समाधान गर्दै व्यवस्थित गर्दै लैजानेमा जोड दिए ।

 

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि