१७ कार्तिक २०८२, सोमबार
गण्डकी प्रदेस समाचार मुख्‍य समाचार समाचार समाज

मिर्गौलापीडितलाई साढे तीन लाख सहयोग

२७ साउन, दमौली । ऋषिङ गाउँपालिका निवासी मिर्गौलापीडित पूर्णलाल नेपालीलाई रु तीन लाख ६६ हजार पाँच सय ७८ हस्तान्तरण गरिएको छ ।

ऋषिङ गाउँपालिकाका प्रवक्ता विजय दरैको अगुवाइमा सङ्कलन भएको उक्त रकम शनिबार निजलाई हस्तान्तरण गरिएको हो । आर्थिक अवस्था नाजुक भएका नेपालीलाई सघाउन प्रवक्ता दरैले पूर्णलाल नेपाली बचाउ अभियान सञ्चालन गर्नुभएको थियो । त्यसक्रममा एक सय तीन जना व्यक्तिले सहयोग गरेका थिए ।

“निजको अवस्थाबारे जानकारी पाएपछि मैले रु सात हजार पाँच सय प्रदान गर्ने प्रतिबद्धता व्यक्त गर्दै सामाजिक सञ्जालबाट सहयोगका अभियान सुरु गरेको थिएँ । यो त्यसैको परिणाम हो”,अभियान जारी रहने जानकारी दिँदै उनले भने । चिकित्सकहरूले नेपालीलाई दुवै मिर्गौला प्रत्यारोपण गर्नुपर्ने सुझाव दिएका छन् ।

यसैबीच, ऋषिङ गाउँपालिकाका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठले पीडितका लागि गाउँपालिकातर्फ पनि सक्दो सहयोग गर्ने बताएका छन् ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि