६ फाल्गुन २०८२, बुधबार
अन्तर्राष्ट्रिय मुख्‍य समाचार समाचार

भारतका पूर्वविदेशमन्त्री नटवर सिंहको निधन

२७ साउन,  काठमाडौं ।  भारतका पूर्वविदेशमन्त्री नटवर सिंहको निधन भएको छ । लामो समयदेखि बिरामी परेका पूर्वविदेशमन्त्री सिंहको गुरुग्रामस्थित एक निजी अस्पतालमा ९३ वर्षको उमेरमा शनिबार राति निधन भएको हो ।

भारतीय सञ्चारमाध्यमका अनुसार नटवर सिंहको अन्तिम संस्कार दिल्लीमा गरिने जनाएको छ । प्रधानमन्त्री नरेन्द्र मोदीले सिंहको निधनमा शोक व्यक्त गरेका छन् ।

पूर्वकांग्रेस सांसद र राज्यसभा सदस्य नटवर सिंह तत्कालीन प्रधानमन्त्री मनमोहन सिंहको नेतृत्वमा रहेको यूपीए–१ सरकारको अवधिमा २००४–०५ को अवधिमा भारतका विदेशमन्त्री थिए ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि