२३ फाल्गुन २०८२, शनिबार
मुख्‍य समाचार राजनीति समाचार

सय दिन भित्र गर्न सक्ने कामको कार्य योजना सोमबारसम्म पेश गर्न सचिवहरूलाई प्रधानमन्त्रीको निर्देशन

२७ साउन, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सय दिन भित्र गर्न सक्ने कामको कार्य योजना बनाई २८ गते सोमबारभित्र पेश गर्न सचिवहरूलाई निर्देशन दिएका छन् । प्रधानमन्त्रीको निर्देशन कार्यान्वयन गराउने सन्दर्भमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले प्रत्येक मन्त्रालयका सचिवहरूलाई पत्राचार गर्दै कार्य योजना बनाई पेश गर्न भनेको हो ।

‘प्रतिनिधि सभामा गरेको सम्बोधन र मन्त्री–सचिवहरूलाई दिएको सामूहिक निर्देशनसमेतका आधारमा प्रत्येक मन्त्रालय तथा केन्द्रिय कार्यालयहरूले सय दिन भित्र गर्न सक्ने कामको कार्य योजनासहित २८ गते भित्र पेश गर्न निर्देशन भएको छ’, प्रशासन सिंहदरवार विशेष स्रोतले भन्यो ।

समृद्ध नेपाल सुखी नेपालीको अभियानकर्तासमेत रहेका प्रधानमन्त्री ओलीले मुलुकमा सुशासन कायम गर्दै सुव्यवस्था दिन लागि परेको बताउँदै आएका छन् । आफ्ना प्रत्येक जसो निर्देशनमा विकासलाई गति दिनुपर्ने बताउँदै आएका ओली जनतामा छाइरहेको निराशालाई हटाउँदै आशावादी बनाउन सरकारी संयन्त्रले अझ बढी सक्रिय र प्रभावकारी ढङ्गले काम गर्नुपर्ने बताउँदै आएका छन् ।

पछिल्लो समय सरकारी संयन्त्रमार्फत नागरिकहरूमा भरोसा जगाउने गरी योजनाबद्ध रूपमा प्रधानमन्त्री अघि बढिरहेको प्रधानमन्त्री कार्यालयले स्रोतले प्रशासनलाई जानकारी दिएको छ ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि