२३ फाल्गुन २०८२, शनिबार
मुख्‍य समाचार समाचार समाज

विद्युत् लाइन विस्तारका क्रममा करेन्ट लागेर एकको मृत्यु

२६ साउन,  मार्तडी । विद्युत् लाइन विस्तारका क्रममा आज करेन्ट लागेर बडीमालिका नगरपालिका-७ का ३३ वर्षीय मनबहादुर बिष्टको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरीक्षक रवीन्द्रसिंह कार्कीका अनुसार विद्युत् लाइन विस्तारका क्रममा सोही नगरपालिका-६ जडनङ्गामा बिष्टलाई करेन्ट लागेको थियो ।

बडिमालिका नगरपालिका-६ को जडाङ्गामा ३३ केभीको लाइन बनाउने क्रममा करेन्ट लागेर विष्ट घाइते भएपछि उपचारका लागि अछामका बयालपाटा अस्पतालमा लगिएको र उपचारको क्रममा उनको मृत्यु भएको निरीक्षक कार्कीले जानकारी दिए ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि