७ चैत्र २०८२, शनिबार
मुख्‍य समाचार समाचार

बांङ्गलादेशका प्रधान न्यायाधीशले दिए राजीनामा

२६ साउन, काठमाडौँ । बांङ्गलादेशका प्रधान न्यायाधीश ओबेदुल हसनले राजीनामा दिएका छन् । उनले राजीनामा दिएका अन्तरिम सरकारका कानुनमन्त्री प्राध्यापक आसिफ नजरुलले पुष्टि गरेको बांङ्गलादेशको पत्रिका द डेली स्टारले जनाएको छ ।

‘हाम्रा प्रधान न्यायाधीशले केही मिनेट अगाडि राजीनामा दिनुभएको छ । उहाँको राजीनामा पत्र कानून मन्त्रालयमा आइसकेको छ । हामी यो पत्र ढिला नगरी राष्ट्रपति समक्ष फटाउनेछौँ’, उनले शनिबार दिउँसो फेसबुकमा पोस्ट गरेको भिडिओमा भनेका छन् ।

शनिबार बिहान १० बजेतिर प्रदर्शनकारीको एक समूहले बांङ्गलादेशको सर्वोच्च अदालतबाहिर प्रधान न्यायाधीश र ७ जना न्यायाधीशको राजीनामा माग गर्दै प्रदर्शन गरेका थिए । कानूनमन्त्री नजरुलले अरु न्यायाधीशको भने राजीनामा नआएको बताए ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि