१७ कार्तिक २०८२, सोमबार
मुख्‍य समाचार राजनीति समाचार

जनतामा निराशा आउन दिनुहुँदैन : गगन थापा

२६ साउन, भक्तपुर । नेपाली काँग्रेसका महामन्त्री गगन थापाले ‘अब देशमा  केही  हुन्छ’ भन्ने सकारात्मक सन्देश प्रवाह गर्नुपर्ने खाँचो रहेको बताएका छन् ।

उनले भने, ‘स्वदेशमै केही गर्न सकिन्छ भन्नेतर्फ युवालाई आकर्षित गर्नुपर्छ । यसका लागि राज्यले उचित वातावरण तयार गर्न समन्वयकारी भूमिका निर्वाह गर्नुपर्छ । समाजमा गौरव गर्ने कुरा धेरै छन् । केही छैन भन्ने सोच्नु हुँदैन ।’

काँग्रेस नेता एवं शिक्षासेवी श्यामबहादुर कार्कीको १७औँ स्मृति दिवसका अवसरमा शनिबार बालकोटमा भएको कार्यक्रममा महामन्त्री थापाले जनतामा निराशा आउन नदिन सरकारले विशेष ध्यान पुर्‍याउनुपर्ने बताए । उनले भने, ‘देशमा केही नभएको भाष्य निर्माण गर्न खोजिँदै छ , यसलाई चिर्नुपर्छ । विकास भइरहेको छ, अझै गर्नुपर्छ र गर्न सकिन्छ भन्ने विश्वास युवालाई जगाउनुपर्छ ।’

महामन्त्री थापाले देशैभरका प्रजातन्त्र सेनानीको अभिलेख तयार पारी पार्टीको अभिलेखमा राख्ने र दश करोडको अक्षय कोष खडा गर्ने नीति पार्टीले लिएको जानकारी दिए । उनले कोषबाट प्राप्त रकम प्रजातन्त्र सेनानीका सन्ततिको शिक्षा र स्वास्थ्यमा उपयोग गर्ने तयारी रहेको बताए ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि