६ पुष २०८२, आईतवार
मुख्‍य समाचार समाचार सुदूरपश्चिम

ट्रक दुर्घटना हुँदा पाँच घाइते

२६ साउन, अछाम । रामारोशन गाउँपालिकाबाट काठ बोकेको हिँडिरहेको ट्रक सडक भासिदा दुर्घटनामा परेको छ । दुर्घटना हुँदा पाँच जना घाइते भएका छन् ।

घाइतेको थप उपचारका लागि सदरमुकाम मङ्गलसेनस्थित जिल्ला अस्पताल मङ्गलसेन लगिएको  छ । घाइते हुनेमा बैतडीको दशरथचन्द नगरपालिका –२ बस्ने हरिसिंह भण्डारी, अछाम जिल्ला मङ्गलसेन नगरपालिका –१२ बिर्कुका अर्जुन रावल रहेका अछाम प्रहरीले जनाएको छ ।
घाइते हुनेमा मङ्गलसेन नगरपालिका –१२ बिर्कुकै सोही वडा निवासी कृष्ण रावल, इन्द्र रावल, शेर कुँवर रहेको अछाम प्रहरीका प्रमुख ईश्वरीप्रसाद भण्डारीले जानकारी दिनुभयो ।

ना.६.ख. ८३१९ नम्बरको ट्रक उत्तिसको काठ लिएर नेपालगन्जतर्फ जानेक्रममा मङ्गलसेन नगरपालिका –१४ कालागाउँ दाइजेपानी भन्ने स्थानमा दुर्घटना भएको थियो । ट्रक कच्ची भित्री सडक खण्डबाट करिब ४० मिटर तल खसेको बताइएको छ ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि