२३ फाल्गुन २०८२, शनिबार
मुख्‍य समाचार समाचार समाज

पहिरोमा परेर ४ जना घाइते

२६ साउन,  बाजुरा । बाजुरामा पहिरोमा परेर ४ जना घाइते भएका छन् । शनिवार बिहान हिमाली गाउँपालिका –३ बौडी स्थित गोरु खर्कमा पहिरो जाँदा ४ जना घाइते भएका हुन ।
घाइते हुनेमा प्रेमकला बुढा, ललिता बुढा, अगौठी रोकाया र हंस बुढा रहेको हिमाली गाउँपालिका – ३ का वडा अध्यक्ष मंगल बुढाले बताए ।
जिल्ला प्रहरी कार्यालय बाजुराका प्रमुख दिलीप गिरीले पहिरो गएको ठाउँमा प्रहरीको टोली गएको बताए । प्रहरी घटनास्थलमा पुगेपछि पूर्ण विवरण आउने उनले बताए । पहिरोमा परेर केही पशु चौपाया पुरिएको जनाइएको छ ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि