२३ फाल्गुन २०८२, शनिबार
मुख्‍य समाचार राजनीति समाचार

आर्थिक विकास यो सरकारको पहिलो प्राथमिकता हो : उपप्रधानमन्त्री सिंह

२६ साउन,  काठमाडौँ ।  उपप्रधानमन्त्री तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले मुलुकको आर्थिक विकास वर्तमान सरकारको पहिलो प्राथमिकता भएको बताएका छन् ।

उक्त कार्यक्रममा बागमती प्रदेशका सामाजिक विकास मन्त्रीमा हरिप्रभा खड्गी (श्रेष्ठ) र आन्तरिक मामिला तथा कानुनमन्त्रीमा सुरजचन्द्र लामिछाने नियुक्त भएकामा उनीहरूलाई सम्मान गर्न आज यहाँ आयोजित कार्यक्रममा उनले मुलुकको सामाजिक–आर्थिक विकासलाई केन्द्रमा राखेर वर्तमान सरकार क्रियाशील रहेको बताए ।

राजनीतिक स्थायित्वका लागि वर्तमान सरकार गठन भएको सुनाउँदै उनले जनताले अनुभूत गर्ने गरी विकासका गतिविधि सञ्चालन गर्ने तथा समृद्धिको मार्गमा मुलुकलाई उन्मुख गराउनु यो सरकारको लक्ष्य हो भने। राष्ट्र र जनताका पक्षमा इमानदार भएर काम गर्ने प्रतिबद्धता पनि मन्त्री सिंहले व्यक्त गरे ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि