२३ फाल्गुन २०८२, शनिबार
मुख्‍य समाचार समाचार समाज

साँढेले हान्दा एक महिलाको मृत्यु

२६ साउन, बुटवल । बुटवलमा छाडा साँढेले हान्दा एक महिलाको मृत्यु भएको छ । साँढेले हानेर गम्भीर घाइते भएकी गुल्मीकी ४५ वर्षीया सीता पाण्डेको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचारका क्रममा मृत्यु भएको हो ।

इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख डीएसपी विजयराज पण्डितका अनुसार साउन २० गते डेरी पसलमा दूध लिन जाने क्रममा सीता सडकमा जुधिरहेका छाडा साँढेको आक्रमणमा परेकी हुन् ।

दुई वटा साँढे जुध्दै गरेका बेला दूध लिन हिंडेकी सीतालाई साँढेले कुल्चिएपछि घाइते भई लुम्बिनी प्रादेशिक अस्पतालमा उपचारका लागि भर्ना गरिएको थियो ।

 

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि