५ पुष २०८२, शनिबार
मुख्‍य समाचार समाचार समाज सुदूरपश्चिम

कोटीहोम महायज्ञमा बैतडीका आचार्य कृष्णले दिए प्रवचन

२६ साउन,  काठमाडौँ । पशुपति परिसरमा चलिरहेको कोटीहोम महायज्ञमा आचार्य कृष्ण दमाइले प्रवचन दिएका छन । संस्कृतमा आचार्य (स्नातकोत्तर) गरेका बैतडीका दमाइले शुक्रबार प्रवचन दिएका हुन । उनले प्रवचनका क्रममा कोटीहोममा उपस्थित भएपछि सबै जाती र समुदायले संस्कृत शिक्षा, वेद अध्ययन गर्नुपर्छ भन्ने सोचमा थप बल पुगेको बताए ।

दलित समुदायको एउटा व्यक्तिले संस्कृत शिक्षा, वेद अध्ययन गर्नुपर्ने रहेछ भन्ने सोचमा कोटीहोममा थप बल पुगेको उनले बताए। सनातन धर्म संस्कारको रक्षा र सभ्य नागरिक बनाउनका लागि संस्कृत अभियानमा जोडिनुपर्ने उनको भनाइ छ ।

मानव सेवा फाउण्डेशनले आयोजना गरेको कोटीहोम महायज्ञमा अहिलेसम्म २५ लाखभन्दा धेरै भक्तजनहरु सहभागी भएका छन् । साउनभर चल्ने कोटीहोममा दैनिक बिहान ८ बजेदेखि बेलुका ७ बजेसम्म कथा प्रवचनका साथै रुद्री पाठ, १८ पुराणपाठ, एक सय आठ श्रीमद्भागवत पाठ र सप्तचण्डी पाठ पराण गर्ने गरिएको आयोजकले जनाएको छ ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि