२३ फाल्गुन २०८२, शनिबार
राजनीति समाचार

ओली सरकार भ्रष्टाचारविरोधी अभियान रोक्न लागिपरेको छ : ‘प्रचण्ड’

२६ साउन, काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकार आफूले थालेको राम्रो कामलाई समेत रोक्न लागिपरेको ब्रिफिङ गरेका छन् ।

हिजाे स्थायी कमिटी बैठकमा उनले अघिल्लो सरकारले चालेको भ्रष्टाचारविरोधी अभियान रोक्ने काम भइरहेको बताए ।

उनको भनाइ उद्धृत गर्दै प्रवक्ता अग्नि सापकोटाले भने, ‘अघिल्लो सरकारले गरेको सुशासनको काम, भ्रष्टाचारविरोधी काम अगाडि बढाउनको सट्टा राम्रा कामहरूमा पनि अवरोध सिर्जना गर्ने काम भइरहेको छ ।’

उनले बंगलादेशमा घटेको घटनाले नेपालमा पर्ने असर र प्रभावको ख्याल गर्दै त्यसबाट शिक्षा लिनुपर्ने बताए ।

प्रवक्ता सापकोटाले जनताका समग्र समस्या समाधान गर्न सरकार गम्भीर हुनुपर्नेमा जोड दिए ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि