११ चैत्र २०८२, बुधबार
समाचार

पहिलो पटक दलित समुदायबाट मुख्य न्यायाधीश नियुक्त

२५ साउन, काठमाडौं । न्याय सेवाको इतिहासमा पहिलो पटक दलित समुदायबाट मुख्य न्यायाधीश नियुक्त भएका छन् । न्याय परिषद्को शुक्रबारको बैठकले रत्नबहादुर बागचन्दलाई मुख्य न्यायाधीश सिफारिश गरेको हो ।

उच्च अदालत जनकपुरअन्तर्गत अस्थायी इजलास वीरगञ्जमा कार्यरत बागचन्दलाई उच्च अदालत पोखराको मुख्य न्यायाधीश सिफारिस गरेको न्याय परिषद् सचिवालयले जनाएको हो ।बैठकले उच्च अदालतका एक जना र जिल्ला अदालतका २१ जना न्यायाधीश सरुवा पनि गरेको छ ।

बैठकले ३५ जना न्याय, कानून तथा सरकारी वकिल सेवामा कार्यरत उपसचिवसरहका कर्मचारीलाई जिल्ला न्यायाधीश नियुक्तिका लागि सिफारिस गरेको छ । जसमा न्याय सेवाबाट २५, सरकारी वकिलबाट ६ र कानून सेवाबाट ४ जनालाई जिल्ला न्यायाधीशमा सिफारिस गरेको हो ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि