७ चैत्र २०८२, शनिबार
मुख्‍य समाचार समाचार

इन्ट्रान्स क्याफेलाई २ लाख जरिवाना

२५ साउन, काठमाडौँ । ललितपुरको द इन्ट्रान्स क्याफेलाई वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले २ लाख रुपैयाँ जरिवाना तिराएको छ ।

वस्तुको रिलेबलिङ गरेको, गुणस्तर, परिमाण, मूल्य र नापतौलमा हेरफेर गरेको पाइएपछि चाकुपाटस्थित क्याफेलाई सो रकम बराबर जरिबाना तिराइएको विभागले जनाएको छ ।

विभागको नियमित अनुगमनका क्रममा सो कैफियत देखिएको समेत जनाइएको छ ।

शुक्रबार विभागले कागेश्वरी मनोहरास्थित स्थित मसला उद्योगमा सिलबन्दी गरेको छ । सो उद्योगलाई कागजातसहित २४ घण्टामा उपस्थित हुन निर्देशन दिइएको समेत विभागले जनाएको छ ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि