Rato Kagaj पल पलको खबर
Rato Kagaj पल पलको खबर

बङ्गलादेशमा डुङ्गा दुर्घटना हुँदा ३४ जनाको मृत्यु

राताे कागज स‌‌वाददाता
9 महिना अघि

२५ साउन,  काठमाडौं । युद्धग्रस्त म्यानमारबाट भागेर बङ्गलादेश जाने क्रममा भएको डुङ्गा दुर्घटनामा परी ३४ जना रोहिङ्ग्या शरणार्थीको ज्यान गएको छ।

बङ्गलादेशको नदीमा भएको दुर्घटनामा शुरूमा बालबालिकासहित १० जनाको शव तत्काल निकालिएको थियो। अहिलेसम्म ज्यान गुमाउनेको सङ्ख्या ३४ पुगेको छ। उनीहरू म्यानमारको रखाइन राज्यको आफ्नै गाउँबाट भागेका र उनीहरू चढेको सानो पानीजहाज बङ्गलादेशको शाहपरी टापु नजिकै नाफ नदीमा डुबेको अन्तर्राष्ट्रिय समाचार संस्था एएफपीले जनाएको छ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया