२३ फाल्गुन २०८२, शनिबार
मुख्‍य समाचार राजनीति समाचार

कांग्रेस केन्द्रीय समिति बैठक साउन २८ गतेसम्म

काठमाडौं । नेपाली काङ्ग्रेसका प्रवक्ता प्रकाशशरण महतले २३ गतेदेखि चलेको केन्द्रीय समितिको बैठकमा सदस्यहरुको धारणा राख्नेक्रम जारी रहेको बताएका छन् ।

शुक्रबार बैठकपश्चात उनले बैठकको सुरुको दिनमा प्रस्तुत भएका विषयहरुमाथि धारणा राख्ने काम जारी रहेको जानकारी दिएका हुन् ।

उनले भने, ‘नेपाली काङ्ग्रेसको २३ गतेदेखि चलेको केन्द्रीय समितिको बैठकमा सुरुको दिनमा पदाधिकारीहरुको तर्फबाट महासमितिका प्रस्तावहरु जुन परिमार्जनसहति पास गर्नुपर्ने थियो त्यो प्रस्तुत भयो । साथै अन्य समसामयिक विषयवस्तु र संगठन परिचालन सम्बन्धी विषयहरु पनि प्रस्तुत भयो । यसमाथि आफ्नो धारणा राख्ने क्रम जारी छ ।’  यसको साथै, साउन २८ गतेसम्ममा बैठक सकाउने तयारी रहेको पनि उनको भनाई छ ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि