२३ फाल्गुन २०८२, शनिबार
मुख्‍य समाचार समाचार समाज

चुडामणि शर्मा जेल चलान

२५ साउन,  काठमाडौं । भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका पूर्वसहसचिव चुडामणि शर्मा जेल चलान भएका छन् । बुधबार आफैं अदालतमा उपस्थित भइ उनी जेल चलान भएका हुन् ।

उनलाई ६ अर्ब जरिवाना भएको थियो । सो जरिवाना तिर्न नसकेपछि उनी जेलमै बसेर सर्वाेच्चमा मुद्दा लड्न लागेका हुन् । थुनामा नबसी मुद्दा लड्न पाउनुपर्ने भन्दै उनले सर्वाेच्च अदालतमा बन्दीप्रत्यक्षीकरणको निवेदन समेत दिएका छन्।

विशेष अदालतले ५ असार २०८० मा कर फर्स्यौटमा शर्मासहित कर फर्स्यौट आयोगका अध्यक्ष लुम्बध्वज महत र सदस्य उमेश ढकाललाई दोषी ठहर गर्दै जनही ६ अर्ब जरिवाना र ९ वर्षका दरले कैद सजाय फैसला गरेको थियो। महत र ढकाल पनि कारागारमै बसेर मुद्दा लडिरहेका छन् ।

नियमविपरीत विभिन्न कम्पनीलाई कर छुट गरेर राज्यलाई अरबौं नोक्सान पुर्याएको अदालतको ठहर छ । यो निर्णय नेताहरुको मिलेमतोमा भएकोमा तीन जना मात्रले सजाय पाएका छन्।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि